ह्याप्पी बर्थडे श्रीकृष्ण (फोटो फिचर)

ह्याप्पी बर्थडे श्रीकृष्ण (फोटो फिचर)

आज भगवान श्रीकृष्णको जन्म दिन । त्यसैले आजका दिनलाई कृष्ण जन्माष्टमीको नामले चिनिन्छ ।

हिन्दु धर्मावलम्वीहरु बिहानैदेखि नजिकैका कृष्ण मन्दिरमा पुगेको देखिन्छ । काठमाडौं उपत्यकाका कृष्ण मन्दिरहरुमध्ये सबैभन्दा पुरानो पाटन मंगलबजारमा अवस्थित कृष्ण मन्दिरमा दर्शनार्थीहरुको आज बिहानैदेखि घुईंचो लागेको छ । तर, कोरोना संक्रमणलाई ध्यानमा राख्दै भक्तजनलाई मुख्य मन्दिर क्षेत्रको प्रवेशमा रोक लगाइएको छ ।

महामारीका कारण गत वर्ष पनि यो वर्ष झैँ मन्दिर प्रवेशमा रोक लगाइएको थियो । अघिल्ला वर्षहरुभन्दा फरक दृश्य देखिएको मन्दिर परिसरमा यो वर्ष भगवानको दर्शन गर्नेको भन्दा सेल्फी र टिकटक बनाउनेको भीड र होडबाजी देखिन्छ ।

 

टिप्पणीहरू