एकीकृत समाजवादीनिकट पेशाकर्मी कमरेडहरुको भेला

एकीकृत समाजवादीनिकट पेशाकर्मी कमरेडहरुको भेला

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएलगत्तै संगठन विस्तारमा जुटेको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले आज पेशागत महासंघको भेला तथा प्रशिक्षण आयोजना गरेको छ ।

महासंघको बाग्मती प्रदेश समितिले डिलाईट पार्टी भेन्युमा आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले सम्बोधन गर्नुभएको छ । भेलामा सो पार्टीका अन्य नेताहरुको पनि सहभागिता रहेको छ ।

एमालेमा हुँदा माधव पक्षले देशव्यापी रुपमा बनाएका पार्टी र जनवर्गीय संगठनका समानान्तर कमिटीहरु अहिले एकीकृत समाजवादीको संगठनमा रुपान्तरण हुन थालेका छन् ।

टिप्पणीहरू