काठमाडौंमा एकै दिन ३६ हजारलाई कोरोनाको खोप

काठमाडौंमा एकै दिन ३६ हजारलाई कोरोनाको खोप

काठमाडौं महानगरपालिकामा हिजो शुक्रबार एकै दिन झण्डै ३६ हजार जनाले कोरोनाविरुद्ध भेरोसिल खोपको दोस्रो मात्रा लगाएका छन् । महानगरभित्र हिजो ३५ हजार ९ सय ९८ जनाले खोप लगाएका हुन् ।

तीमध्ये पुरुष १६ हजार ६ सय ३८ र महिला १९ हजार ३ सय ६० रहेका छन् । महानगरले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार ३२ वटै वडामा पछिल्लो एक दिन ६० वर्षमाथिका नागरिक १४ हजार ९ सय ४ जनाले खोप लगाएका थिए ।

सबैभन्दा धेरै ३२ नम्बर वडामा २ हजार ३ सय ९६ जना सामेल हुँदा सबैभन्दा थोरै २३ नम्बर वडामा ४ सय जनाले लगाएका हुन् । त्यसैगरी पहिले खोप लगाउन छुटेका ७ हजार ४ सय ५७ जनाले पनि हिजो खोप लगाएका हुन् ।

टिप्पणीहरू