पृथ्वीनारायणको फोटो झिकिएको भन्दै ‘राजावादी वकिल’हरू माइतीघरमा

प्रदेश २ का नवनियुक्त प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्वीर हटाएको विरोधमा ‘नेपालका लागि नेपाली अभियान’ ले विरोध प्रदर्शन गरेको छ । अभियानले आज माइतीघर मण्डलामा विरोध प्रदर्शनसहित खबरदारी सभा गरेको हो ।

प्रदर्शनका क्रममा ‘राष्ट्रघातीहरु होसियार’, ‘राष्ट्रनिर्मता पृथ्वीनारायण शाहको अपमान सम्पूर्ण नेपालीको अपमान हो’, ‘राष्ट्र,राष्ट्रियता र स्वाभिमान हामी नेपालीको प्राण हो’, ‘प्रदेश नं २ को प्रमुखले राष्ट्र निर्माता श्री ५ बडामहाधिराज पृथ्वीनारायण शाहको तस्वीर हटाउनुको कारण के ? लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनपछि भएको खबरदारी सभाका वक्ताहरुले पृथ्वीनारायण शाहको तस्वीर हटाएर प्रदेश प्रमुख मिश्रले राष्ट्र निर्माताको अपमान गरेको भन्दै नागरिकस्तरबाट भर्त्सना हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले तत्काल सम्मानपूर्वक पृथ्वीनारायणको तस्वीर पुनर्स्थापना गर्न पनि माग गरे ।

‘राजावादी वकिल’ को उपमा पाएका अभियानका अध्यक्ष बालकृष्ण न्यौपाने,वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारी,कान्त पौडेल,सागर खड्का,सुदर्शन थापा लगायतले विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

टिप्पणीहरू