चितवनमा भोलिदेखि १० दिन निषेधाज्ञा

चितवनमा भोलिदेखि १० दिन निषेधाज्ञा

चितवनमा कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा कोरोना संक्रमण रोकथामका लागि भोलिदेखि भदौ २० गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

कार्यालयले भौतिक उपस्थितिमा गरिने सबै प्रकारका सम्मेलन, भेला र धार्मिक एवम् सामाजिक गतिविधिहरुमा पनि रोक लगाएको छ । यस्तै अत्यावश्यक कार्यालयहरु पनि स्वास्थ्य मापदण्ड अपनाएर मात्र खोल्न भनिएको छ ।

बैक तथा वित्तीय संस्थाहरु संचालन गर्न पाइने छ तर स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । तर व्यापारिक पसल, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोरहरु दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सवारी साधनहरुको हकमा भने निजी तथा सार्वजनिक साधन जोर र बिजोर प्रणालीमा चलाउन पाइने छ । अत्यावश्यक सेवामा भने सबै खालका सवारी साधन प्रयोग गर्न पाइने उल्लेख छ ।

टिप्पणीहरू