नेकपा एकीकृतको केन्द्रीय सदस्यमा को,कसले सनाखत गरे ?

नेकपा एकीकृतको केन्द्रीय सदस्यमा को,कसले सनाखत गरे ?

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको निम्ति आज पूर्वएमालेका ५५ जना केन्द्रीय सदस्यले दस्तखत सनाखत गरेका छन् । आयोग पुगेर हस्ताक्षर रुजु गर्नेहरुमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,मुकुन्द न्यौपाने,कल्याणीकुमारी खड्का, बिरोध खतिवडा,जीवनराम श्रेष्ठ, मेटमणि चौधरी,सरला यादव, भवानी खापुङ हुनुहुन्छ ।

त्यसैगरी पुष्पाकुमारी कर्ण,समिना हुसेन,कृष्णलाल महर्जन,कलिला खातुन,हिराचन्द्र केसी,धनबहादुर बुढा,गोपालबहादुर बम, पार्वतीकुमारी विशंखे,लक्ष्मी चौधरी,बिना बुढाथोकी,बेदुराम भुसाल,शेरबहादुर कुँवर, ठागेन्द्रप्रकाश पुरी र उदया शर्माले आयोग पुगेर दस्तखत सनाखत गर्नुभएको हो ।

दस्तखत गर्ने अन्यमा हिराबहादुर विश्वकर्मा,चन्दा चपाई, शान्तिकुमारी अधिकारी जिसी, सावित्रा भुसाल,रामकुमारी झाँक्री, गौराप्रसाईं कोइराला,रामकुमार ज्ञवाली,खगेन्द्र चुडाल, सरलाकुमारी यादव,सुधिरप्रसाद साह,शत्रुघन महतो,रामचन्द्र साह, दिनेशकुमार राई,हंशबहादुर शाही हुनुहुन्छ ।

शेरबहादुर केसी,निरादेवी जैरु, प्रेमबहादुर आले,भागवत नेपाली, चुडामणि बिक जंगली,घनेन्द्र बस्नेत,राजेन्द्रकुमार राई,बलदेव चौधरी,डा. देवमान सम्बाहाम्फे, भाष्कर काफ्ले,कृष्णप्रसाद खनाल,मोहम्मद महफुज अन्सारी र हरिप्रसाद पराजुलीले पनि दस्तखत सनाखत गर्नुभएको आयोग स्रोतले बताएको छ ।

टिप्पणीहरू