जनावरको अङ्ग बोकेर गोरखाका यात्रु वीरगञ्जको बसमा

जनावरको अङ्ग बोकेर गोरखाका यात्रु वीरगञ्जको बसमा

दुर्लभ वन्यजन्तुका धेरै वटा आखेटोपहार बोकेका गोरखाका यात्रु वीरगञ्जको बस चढी काठमाडौं छिर्नै लाग्दा पक्राउ परेका छन् । थानकोट नागढुंगामा प्रहरीले चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् ।

गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङलाई प्रहरीले आखेटोपहारसहित पक्रेको हो । वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।

त्यसैगरी यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी,तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

शंख र ढुङ्गा अनुसन्धानको लागि पुरातत्व विभाग रामशाहपथ पठाइएको छ । तामाङलाई भने डिभिजन वन कार्यालय हात्तिसारमा पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

टिप्पणीहरू