राजधानीमा कता कता घुम्यो विप्लवको जुलुस ?

राजधानीमा कता कता घुम्यो विप्लवको जुलुस ?

काठमाडौँमा विप्लव माओवादीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृध्दिविरुद्ध र्याली निकालेको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृध्दिको बिरोध र दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता बनाएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

रत्नपार्कको शान्तिबाटिकाबाट निकालिएको र्यालीमा काठमाडौं जिल्लाका इञ्चार्ज माइला लामा, काठमाडौं जिल्ला सेक्रेटेरी राजेन्द्र महर्जन,केन्द्रीय सदस्य नवीन विश्वकर्मालगायत १ सयभन्दा बढीको उपस्थिति रहेको बताइन्छ ।

र्याली शान्तिबाटिकाबाट भोटाहिटी, असन,इन्द्रचोक,मखन,नरदेवी, क्षेत्रपाटी,ठहिँटी,ज्याठा,जमल, त्रिचन्द्र कलेज हुँदै पुनः शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको छ ।

टिप्पणीहरू