कक्षा १२ को परीक्षा भौतिक रुपमा लिन सरकारलाई संसदीय समितिको निर्देशन

कक्षा १२ को परीक्षा भौतिक रुपमा लिन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले कक्षा १२ को परीक्षा जतिसक्दो छिटो भौतिक रुपमा लिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद, शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा लिने व्यवस्था तत्काल मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले कोभिडविरुद्धको खोपको अभावमा विद्यार्थीहरु परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई समेत सचेत गराएको छ ।

समितिकी सभापति जयपुरी घर्तीका अनुसार कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएकाले तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था गरेर परीक्षामा सहभागी हुने व्यवस्था मिलाउन निर्देशन दिइएको हो ।

टिप्पणीहरू