होटलभित्र जुवा, बाहिर मोटरसाइकल

होटलभित्र जुवा, बाहिर मोटरसाइकल

महामारीको समयमा कञ्चनपुरका होटलमा तास र जुवा खेल्ने क्रम बढेको छ । स्थानीय एउटा होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले गए राति छ जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–६, स्थित कार्की होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा स्थानीय ऐठपुर बस्ने ५१ वर्षीय केशबराज भट्टलगायत रहेको बताइएको छ ।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवाको खालबाट नगद ४४ हजार ४ सय ९५ रुपैयाँसहित पक्रेको हो ।

उनीहरु त्यहाँ जुवा खेल्न जाँदा प्रयोग गरेको र बाहिर पार्किङ गरेका तीन वटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

टिप्पणीहरू