झाडीमा ८ थान भरुवा बन्दुक

झाडीमा ८ थान भरुवा बन्दुक

म्याग्दीमा प्रहरीले स्थानीय सामुदायिक जंगलको पाखाझाडीमा ८ थान एकनाले भरुवा बन्दुक फेला पारेको छ ।

मालिका गाउँपालिका २ रुम घट्टेखोलास्थित सामुदायिक जंगलको पाखाझाडीबाट प्रहरीले हिजो राती ती भरुवा बन्दुक बरामद गरेको हो । त्यति धेरै बन्दुक कसले त्यहाँ पुर्यायो भन्नेमा कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले बन्दुक फेला पारेको हो । त्यसबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू