लुम्बिनीका मुख्यमन्त्रीको पक्षमा ४२, विपक्षमा शुन्य मत

लुम्बिनीका मुख्यमन्त्रीको पक्षमा ४२, विपक्षमा शुन्य मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको हो ।

उनको विपक्षमा शुन्य मत र तटस्थमा एक मत परेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल एमाले आजको मतदानमा सहभागी नभएकाले विपक्षमा शुन्य मत परेको हो ।

प्रदेश सभामा हाल ८० सदस्य कायम रहेको छ । केसीलाई नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएको हो ।

टिप्पणीहरू