आज २४ को निधन, १८ सय संक्रमित

आज २४ को निधन, १८ सय संक्रमित

आज मुलुकभर थप १ हजार ८ सय १ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी २४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ४ जनामा पीसीआर तथा २ हजार ६ सय २२ जनामा एन्टिजेन गरी ११ हजार ३ सय २६ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी आज १ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३८ हजार ३ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू