जनैपूर्णिमाको दिनमा पनि आन्दोलन

जनैपूर्णिमाको दिनमा पनि आन्दोलन

आज मुलुकभर जनैपूर्णिमाको सार्वजनिक बिदा दिइएको छ । तर, राजधानी उपत्यकामा विभन्न राजनीतिक दल तथा संघ संगठनले आन्दोलनदेखि विभिन्न कार्यक्रम राखेका छन् ।

सँधैझैँ नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा आज पनि बारा र धनुषामा क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध धर्ना कार्यक्रम राखिएको छ । बिहान ९ बजेदेखि धर्ना सुरु हुने जनाइएको छ ।

आज श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले कृण्वन्तो विश्वमार्यम् चौथो विश्व संस्कृत दिवस विशेष कार्यक्रम गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित नवतनधाममा बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म उक्त कार्यक्रम मनाइने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा बस्ने भएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय भवनमा आज गृह प्रवेश कार्यक्रम राखेको छ । दिउँसो १ बजे मदन भण्डारी कलेजसँगैको भवनमा उक्त कार्यक्रम राखिएको हो ।

टिप्पणीहरू