पाटनको ज्यापू समाज पुग्नुभयो प्रधानमन्त्री

पाटनको ज्यापू समाज पुग्नुभयो प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुरको बागडोलस्थित ज्यापू समाजद्वारा सन्चालित ज्येष्ठ नागरिक आनन्द निकेतन भवन उद्घाटनको लागि जाउलाखेल हुँदै कार्यक्रम स्थल पुग्नुभएको छ ।

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्नमा समेत प्रयोग भएको यो भवनमा भारतीय दूतावासको समेत आर्थिक सहयोग रहेको बताइन्छ ।

मन्जीव सिंह पुरी राजदूत छँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिए पनि उताको आर्थिक सहयोग कम तर स्थानीय लागत ज्यादा रहेको र भारतीयले बनाएकोले स्थानीय स्तरको लगानीमा भ्रष्टाचार भएको गलत सन्देश जाने भन्दै ज्यापू समुदाय पछि हटेको थियो ।

टिप्पणीहरू