दुइटै पार्टीलाई बहादुर भवनमा झिकाइने

दुइटै पार्टीलाई बहादुर भवनमा झिकाइने

निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादीपार्टी (लोसपा) का नेताहरुलाई आयोगमा झिकाउने भएको छ । दर्ता प्रक्रियामा रहेका दुवै दलका नेताहरुको हस्ताक्षर सनाखत गर्न आयोगले आगामी भदौ ९ गते बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगमा नेकपा एमालेबाट बिद्रोह गरी माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जसपाबाट हटाइएका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन परेको छ ।

दुवै दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिइएको हो । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

टिप्पणीहरू