काठमाडौंमा संक्रमण बढ्दो,७६ हजार बढी संक्रमित

काठमाडौंमा संक्रमण बढ्दो,७६ हजार बढी संक्रमित

काठमाडौं महानगरपालिकाभित्र कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । प्राप्त पछिल्लो विवरणअनुसार महानगरभित्र हिजोसम्म ५ सय २६ जनाले ज्यान गुमाइसकेका छन् । यसबीच महानगरभित्र ७६ हजार ५९ जनामा कोरोना संक्रमण भएको छ ।

हिजोसम्म काठमाडौँ महानगरपालिकाभित्र रहेका सक्रिय संक्रमितको संख्या ४ हजार ६ सयको हाराहारीमा रहेको छ । हालसम्म कोरोना संक्रमण निको भएकाको संख्या ७१ हजार ५ सय १० पुगेको छ ।

महानगरपालिकाभित्रका संक्रमितमध्ये अझै पनि ३ हजार ८ सय १७ जना होम आइसोलेसनमा र ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

महानगरपालिकाले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा धेरै संक्रमितको निधन वडा नम्बर १६ मा भएको छ । जहाँ हालसम्म ८० जनाले ज्यान गुमाएका छन् । सबैभन्दा थोरै दुई जनाको निधन २८ नम्बर वडामा भएको छ ।त्यसैगरी सबैभन्दा बढी संक्रमित वडा नम्बर ३२ मा भेटिएको छ । जहाँ हालसम्म ७ हजार ५ सय ८४ जना पुगेका छन् । सबैभन्दा कम वडा नम्बर १८ मा २ सय ८७ जना भेटिएका छन् ।

काठमाडौं महानगरपालिका आफैँले गरेको पिसिआर परीक्षणबाट मात्रै १३ हजार ५ सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो । जसमा सबैभन्दा धेरै ३२ नम्बर वडामा ३ हजार ८ सय ४५ र सबैभन्दा कम १ नं. वडामा २४ जनामा मात्र कोरोना पोजिटिभ देखिएको हो ।

टिप्पणीहरू