आज पनि कोरोनाबाट ३३ जनाको ज्यान गयो, ३ हजार बढीमा संक्रमण

आज पनि कोरोनाबाट ३३ जनाको ज्यान गयो, ३ हजार बढीमा संक्रमण

आज मुलकभर कोरोना संक्रमणबाट ३३ जनाको ज्यान गएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ४६ जनामा पीसीआर तथा ४ हजार ४ सय ९२ जनामा एन्टिजेन गरी १६ हजार ४ सय ३८ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ४० हजार ५ सय जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू