माधवलाई १० प्रतिशतमा झार्ने ओलीको चेतावनी

माधवलाई १० प्रतिशतमा झार्ने ओलीको चेतावनी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई दल दर्ताका लागि आवश्यक संख्या पुग्न नदिने दाबी गर्नुभएको छ । एमाले विभाजनको भोलिपल्ट भक्तपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले आफूहरुले अलिकति मिहिनेत गरे माधव नेपालले १० प्रतिशत पनि पुर्याउन नसक्ने दाबी गर्नुभएको हो ।

माधव नेपाललाई पार्टी फुटाउन सरकारले सजिलो हुनेगरी ४० प्रतिशतको ठाउँमा २० प्रतिशत बनाइदिएको आरोप लगाउँदै ओलीले आफूहरुले चाहे १० प्रतिशतमा झारिदिने चेतावनी दिनुभएको हो । उहाँले त्यस्तो अवस्थामा दल दर्ता हुन नसक्ने पनि बताउनुभयो ।

ओलीले १५ वर्ष पार्टीको नेतृत्व गरेर माधव नेपालले एमाले सत्यानाश पारेको आरोप पनि लगाउनुभयो ।

टिप्पणीहरू