राजधानीका अपार्टमेण्ट र काेलाेनीमा यौन व्यवसाय छ्याप्छ्याप्ती

राजधानीका अपार्टमेण्ट  र काेलाेनीमा यौन व्यवसाय छ्याप्छ्याप्ती

काठमाडौं उपत्यकामा यौन व्यवसायीहरुले आफ्नो धन्दा चलाउन ठूला र महँगा अपार्टमेण्टको प्रयोग गर्न थालेका छन् । ललितपुर महानगरपालिका–३, कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६, कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल विष्ट र ललितपुर महानगरपालिका–८, पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३, सानो पोखराकी ४२ वर्षीया गीता खड्गी हुन् ।

प्रहरीले उनीहरुसँगै काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टिना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रबिसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका–७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्यलाई पनि यौन व्यवसायमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ ।

उक्त अपार्टमेन्टमा यौन व्यवसाय सञ्चालन गरेको खबर पाएपछि महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनीहरुलाई अपार्टमेण्टमा क्रियाकलपा गरेकै बखत पक्राउ गरेको हो । सातै जनालाई जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

६ केजी चाँदीका गहना बोकेर हिँड्ने पक्राउ

भारतबाट ६ केजी १ सय ६८ ग्राम चाँदीका गहना बोकेर नेपाल आउँदै गरेका एक जनालाई प्रहरीले समातेको छ । प्रसौनी गाउँपालिका ६ का ६० वर्षीय नागेन्द्र साह सोनारलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेका उनलाई हिडिरहेको बेला प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो ।

बर्दियामा बुद्धको पुरानो मूर्तिको किनबेच, ५ जना पक्राउ

बर्दियामा बुद्धको धातुको मूर्तिसहित ५ जना पक्राउ पक्राउ परेका छन् । उनीहरुलाई गुलरिया नगरपालिकास्थित विजय गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ७ किलो ७ सय २ ग्राम तौल भएको १ थाने बुद्धको धातुको मूर्ति बरामद गरेको छ ।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्वल रोकाय र ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका २ बस्ने २९ वर्षीय मगबहादुर नेपाली रहेका छन् ।

गेष्ट हाउसमा निकै पुरानो बहुमूल्य धातुको बुद्धको मूर्ति करोडौं रुपैयाँमा किनबेच भइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

टिप्पणीहरू