कुलमानको मुद्दाले पालो पाएन, अर्को पेशी भदौ ८ गते

कुलमानको मुद्दाले पालो पाएन, अर्को पेशी भदौ ८ गते

नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाएर ऊर्जा आयोगको विशेष सदस्य बनाइएका हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी चढे पनि आज पालो आएन । न्यायाधीश कुमार रेग्मीको इजलासमा १० नम्बरमा पालो परेको थियो ।

कुलमानको नियुक्ति र आफूलाई हटाइएको विषयलाई लिएर शाक्यले सोमबार रिट दायर गरेका हुन् । उनले कुलमान घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्बहालीको निम्ति अन्तरिम आदेश माग गरेका छन् ।

घिसिङलाई क्याबिनेटले अघिल्लो साता विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा लगेको छ ।

टिप्पणीहरू