कोरोनाबाट आज ४२ जनाको ज्यान गयो, ३४ सय संक्रमित थपिए

कोरोनाबाट आज ४२ जनाको ज्यान गयो, ३४ सय संक्रमित थपिए

कोरोना संक्रमणको कारण आज मुलुकभर ४२ जनाको ज्यान गएको छ । त्यसैगरी ३ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ३९ जनामा पीसीआर तथा ४ हजार ९ सय ९९ जनामा एन्टिजेन गरी १६ हजार ८ सय ३८ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जना संक्रमणमुक्त भएका छन् । आज पनि मुलुकभर ४० हजार ३ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू