सर्वोच्चबाट महन्थ-राजेन्द्र फेरि जिल्ल « Jana Aastha News Online
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022
Logo
१० आश्विन २०७९, सोमबार
|  Mon Sep 26 2022

सर्वोच्चबाट महन्थ-राजेन्द्र फेरि जिल्ल

प्रकाशित मिति :  ३२ श्रावण २०७८, सोमबार २२:१६


जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे उक्त पार्टीको केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुरलाई सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएर हिस्स पारेको छ ।

न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ठाकुरको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिनु नपर्ने बताएपछि ठाकुर पक्ष थप मर्का झेल्न बाध्य भएको हो ।

यसअघि निर्वाचन आयोगले साउन ११ गते नेता उपेन्द्र यादवको समूहलाई जसपाको आधिकारिकता दिने निर्णय गरेपछि ठाकुर सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएका थिए ।‘निर्वाचन आयोगले टाउको गन्ती गरेर एक पक्षको बहुमत देखाइसकेको हुँदा निवेदकलाई तत्काल अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएकोले सुविधा र सन्तुलनलाई दृष्टिगत गर्दा हाल मागबमोजिम अन्तरिम आदेश जारी गर्नु परेन’ सर्वोच्चको आदेशमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !