पेट्रोल पम्प नजिकै दनदनी आगलागी

पेट्रोल पम्प नजिकै दनदनी आगलागी

आज साँझ टेकुको विष्णुमति पुल नजिकैको पेट्रोल पम्पसँगै रोकिराखेको सवारी साधनमा आगलागी भएको छ । स्थानीय कनक पेट्रोल पम्प नजिकै रोकि राखेको बा.८ च८९६१ नम्बरको सवारी साधनमा आगलागी भएपछि एकछिन हाहाकार मच्चिएको बताइन्छ ।

स्थानीयवासी र नजिकै उपलब्ध स्रोत साधनबाट गाडीमा लागेको आगो नियन्त्रणमा लिइएकाले ठूलो दुर्घटना टरेको हो । काभ्रेपलाञ्चोक, देहुपुर नगरपालिका ६, घर भई हाल टेकु बस्ने संजोककुमार बढियाको उक्त गाडी जलेर क्षतिग्रस्त भएको छ ।

जुद्ध वारुण यन्त्रको दमकल आए पनि आगलागी नियन्त्रणमा आइसकेकाले दमकल त्यहाँबाट साँझ ८ बजेको हाराहारीमा त्यत्तिकै फर्केको बताइन्छ ।

टिप्पणीहरू