ओली पक्षले आत्मरक्षा तालिम दिने

ओली पक्षले आत्मरक्षा तालिम दिने

नेकपा एमालेको संस्थापन पक्षले महिला आत्मरक्षा तालिम दिने भएको छ । सो पक्ष निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय खेलकुद विभागले महिला आत्मरक्षा तालिम आयोजना गर्न लागेको हो ।

आउँदो भाद्र ५ गते आयोजना हुने उक्त तालिममा सहभागी हुन युवा संघले आग्रह गरेको छ । तालिममा सहभागी हुन चाहनेले ९८२३६४८१०१ मोबाइलमा फोन गरेर नाम टिपाउन सकिने बताइएको छ ।

महिला हिँसाविरुद्ध ज्ञान बाँड्ने र महिलाहरुमा आत्मविश्वास जगाउँदै उनीहरुलाई सुरक्षित बनाउने उध्देश्यले आयोजना गर्न लागेको तालिममा सहभागी भई आत्मबल बढाउन युवा संघले आग्रह गरेको छ ।

टिप्पणीहरू