नक्कली नोट सिमानाबाट निरन्तर

नक्कली नोट सिमानाबाट निरन्तर

नक्कली भारतीय नोट लिएर नेपाल छिरेका भारतको बिहार दरभंगा कम्तौलका ४० वर्षीय सन्जित साह बोर्डरमा समातिएका छन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय,रौतहटबाट खटिएको प्रहरी टोलीले चेक गर्ने क्रममा नक्कली भारतीय नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार नक्कली भारतीय रुपैयाँ बरामद गरेको बताएको छ ।

टिप्पणीहरू