सडकमा उत्रियो एमसीसीको खारेज अभियान

सडकमा उत्रियो एमसीसीको खारेज अभियान

नेपाल सरकार र अमेरिकी सहयोग संस्था मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिच भएको सम्झौता खारेजीको माग गर्दै आन्दोलन गरिरहेको ‘एमसीसी खारेज अभियान’ले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडि अभियानले आज बृहत प्रदर्शन गरेको हो ।

अभियानका संयोजक निर्गराज जैशीको नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि एमसीसी सम्झौता खारेजीको माग गरिएको छ । प्रदर्शनकारीले कुनैपनि हालतमा एमसीसी सम्झौता पास गर्न नदिने भन्दै नारावाजी गरेका छन् ।

एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित विपरित रहेको भन्दै अभियानले विगत लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएको छ ।

टिप्पणीहरू