सुदूरपश्चिमकाे ‘भाइवा’ भोलिदेखि

सुदूरपश्चिमकाे ‘भाइवा’ भोलिदेखि

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले छुटेका मौखिक परीक्षा यही साउन ३० गतेका लागि तोकेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै शिक्षा शास्त्र संकायअन्तर्गत स्नातक तह दोस्रो सेमेस्टरको इङ्लिश फर कम्युनिकेशन विषयको छुटेको मौखिक परीक्षा (भाइवा) साउन ३० गतेका लागि तय गरेको जानकारी दिएको हो ।

वैकल्पिक माध्यमबाट भएको मौखिक परीक्षामा प्राविधिक कारणले छुटेका परीक्षार्थीहरुलाई पुनः परीक्षा दिने व्यवस्था मिलाइएको कार्यालयले प्रष्ट पारेको छ ।

टिप्पणीहरू