टीका प्रसाईको दाइजो बजारमा

टीका प्रसाईको दाइजो बजारमा

नेपाली सांगीतिक क्षेत्रमा चर्चित र कर्णप्रिय गीतहरु गाएर फरक पहिचान बनाएकी गायिका टीका प्रसाईको पछिल्लो गीत ‘दाइजो’ सार्वजनिक भएको छ । सामाजिक विकृति, विसंगतिविरुद्ध सशक्त आवाज उठाउँदै एकपछि अर्को सन्देशमूलक गीत ल्याउन सफल गायिका प्रसाईले साउन २८ गते दाइजो लोकार्पण गरेकी हुन् ।

सामाजिक कुरीतिका रुपमा रहेको दाइजो प्रथाका कारण नेपाली चेलीबेटीहरुले अपमान सहेर बस्नुपरेको कथाव्यथा बोकेको ‘दाइजो’ मा शिक्षामूलक सन्देश प्रस्तुत गरिएको छ ।

दाइजो प्रथाविरुद्ध आवाज बुलन्द गरी समाजमा नारीलाई सबल बनाउन दाइजो होइन, शिक्षा दिएर सक्षम बनाउनुपर्छ भन्ने सन्देश बोकेको सुमधुर गीतमा आनन्दरत्न बज्राचार्यको शव्द र अग्रज संगीतकार राजु सिंहले संगीत भरेका छन् ।

गीतको संगीत संयोजन प्रदीप श्रेष्ठ र रेकर्डिङ तथा मिक्सिङ रदिप श्रेष्ठले गरेका हुन् भने जस्केलो क्रिएसनले म्युजिक भिडियो तयार पारेको हो । समाजमा सकारात्मक सन्देश फैलाउन सफल यो गीतलाई हेरेर प्रतिक्रिया दिनु गायिका प्रसाईले दर्शक/श्रोता तथा शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

टिप्पणीहरू