बाघभैरव जात्रा यो वर्ष पनि स्थगित

बाघभैरव जात्रा यो वर्ष पनि स्थगित

कीर्तिपुरको बाघभैरव जात्रा कोभिड १९ का कारण यो वर्ष पनि स्थगित भएको छ । बाघभैरव जात्रा गुठीका अनुसार अघिल्लो वर्षमा जस्तै आगामी भदौ १ गतेको बाघभैरव नाथको जात्रा स्थगित गर्ने निर्णय गरिएको हो ।

त्यो दिन सीमित गुठीयारहरु मात्र बसेर नित्य पूजापाठ गरी पर्व तथा जात्रा सम्पन्न गर्ने गुठीले जनाएको छ ।यस्तै गुठीले बाघभैरव नाथको जात्राको दिन गरगहना सम्बन्धित व्यक्तिहरुले बुझ्ने र सोही दिन पूजाआजा गरी पुनः बाघभैरव नाथमा नै चढाउने प्रचलन पनि यो वर्ष बन्द हुने बताएको छ ।

टिप्पणीहरू