महिलाको शरीरमा आगो झोसेका शिवजी समातिए

महिलाको शरीरमा आगो झोसेका शिवजी समातिए

महिलाको शरीरमा आगो झोसेर भागेका एक पुरुष ८ महिनापछि समातिएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँङ्गाथली बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–६ खत्री गाउँका ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

गत पुस ६ गते बेलुकी काठमाडौंको कलंकी, लामपाटीस्थित आफ्नै डेरामा भगवती लामा अधिकारीलाई आगो लगाएर भागेका उनीमाथि ज्यानसम्बन्धी कसूरको मुद्दा लागेको थियो । त्यसयता फरार रहेका उनी प्रहरीको खोजी लिष्टमा थिए ।

घाइते अवस्थामा फेला परेकी भगवतीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले शिवजीलाई चाँङ्लाथलीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरीवृत्त कालिमाटी पठाइएको ब्यूरोले जनाएको छ ।

दुईनाले बन्दुकसहित पोखरामा एक जना पक्राउ

१ थान दुईनाले भरुवा बन्दुकसहित एक युवक समातिएका छन् । बन्दुक र त्यसमा लाग्ने ५ थान गोली र २ सय ग्राम बारुदसहित मादी गाउँपालिका ५ थामका २६ वर्षीय कोषबहादुर गुरुङलाई आज बिहान प्रहरीले समातेको हो ।

गुरुङको घरमा अवैध हातहतियार राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खानतलासी गर्दा उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू