युवा संघ र पिपुल्स भोलन्टियरले आज साँझ दीप प्रज्वलन गर्ने

युवा संघ र पिपुल्स भोलन्टियरले आज साँझ दीप प्रज्वलन गर्ने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर युवा संघ र पिपल्स भोलन्टियरले दीप प्रज्वलनको कार्यक्रम राखेका छन् । अन्तर्राष्ट्रिय युवा दिवस नेपाललगायत विश्वभर आज विविध कार्यक्रम गरेर मनाईंदै छ ।

‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ भन्ने मूलमन्त्र लिएर अगाडि बढिरहेको नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन युवा संघ नेपालले आज उक्त अवसर पारेर दीप प्रज्वलन गर्न लागेको हो ।

युवा संघ नेपाल र पिपुल्स भोलन्टियरको संयुक्त आयोजनामा आज बेलुकी ७ बजे काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गर्न लागिएको जानकारी गराइएको छ ।

टिप्पणीहरू