कोरोना संक्रमित र निधन हुनेको संख्या उस्तै, आज पनि ३० को निधन

कोरोना संक्रमित र निधन हुनेको संख्या उस्तै, आज पनि ३० को निधन

आज कोरोना संक्रमणको कारण ३० जनाको ज्यान गएको छ । यस्तै ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७ जनामा पीसीआर तथा ५ हजार ७ सय ४९ एन्टिजेन गरी १६ हजार ६ सय ५६ जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरि आज १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गत बुधबार यता २ सय २३ जनाको मृत्यु भएको छ भने २५ हजार ४ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १३ हजार ४ सय ३२ जना निको भएका छन् ।

टिप्पणीहरू