परीक्षा नरोक्न माग गर्दै त्रिविको ढोकैमा प्रदर्शन

परीक्षा नरोक्न माग गर्दै त्रिविको ढोकैमा प्रदर्शन

त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु नरोक्न माग गर्दै युवाहरुले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको गेट अगाडि प्रदर्शन गरेका छन् । ‘हामी नेपाली युवा संगठन’ नामक संस्थाले गरेको प्रदर्शनमा सुरक्षा मापदण्ड सम्बन्धी जनचेतनामूलक प्लेकार्डहरु देखाइएको छ ।

संगठनका अध्यक्ष सुदन गुरुङलगायत झण्डै चार दर्जन प्रदर्शनकारीले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार परीक्षा सञ्चालन गर्नुपर्ने,परीक्षार्थीलाई भ्याक्सिन लगाउनुपर्नेलगायतका माग राखेका छन् ।

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले कक्षा १२ कक्षाको परीक्षा स्थगित गरेको छ भने त्रिविका परीक्षाहरु अन्योलमा परेका छन्। परीक्षा स्थगित गर्ने सरकारको निर्णयको सर्वत्र आलोचना भैरहेको छ ।

टिप्पणीहरू