भूमि आयोग खारेजीबारे अदालतमा सुनुवाई शुरु

भूमि आयोग खारेजीबारे अदालतमा सुनुवाई शुरु

सरकारले भूमि आयोग खारेज गरेको विषयमा परेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाई शुरु भएको छ । अदालतको इजलास नम्बर ५ मा माननीय न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सुनुवाइ शुरु भएको हो ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आयोग खारेजीविरुद्ध हिजो सर्वोच्चमा रिट हाल्नु भएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७६ चैतमा देवीप्रसाद ज्ञवालीको नेतृत्वमा उक्त आयोग गठन गरेको थियो ।

तर वर्तमान सरकारले साउन २० गते भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको हो ।

टिप्पणीहरू