ह्वातै बढ्यो कोरोनाग्राफ, २४ घण्टामा ५५ जनाको मृत्यु

ह्वातै बढ्यो कोरोनाग्राफ, २४ घण्टामा ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झण्डै डेढ महिनापछि एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको हो ।

त्यस्तै, सोही अवधिमा २ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर तथा ३ हजार ३ सय ४५ एन्टिजेन गरी १२ हजार ३ सय ७८ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३५ हजार ४ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू