मन्त्री आफै कर तिर्न मान्दैनन्,कर नतिर्ने त कति कति !

मन्त्री आफै कर तिर्न मान्दैनन्,कर नतिर्ने त कति कति !

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ सञ्चालक रहेको जनमैत्री अस्पतालले कर तिर्न आनाकानी गरेको भेटिएको छ । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने जनमैत्री अस्पतालसहितका ५२ करदाताको सूची सार्वजनिक गरेको छ।

यसरी राज्यलाई कर तिर्न आनाकानी गर्नेमा शिशु अर्याल (अजय सुमार्गीको सासू) पनि हुन् । उनकै लाजिम्पाटस्थित घरमा पहिला प्रचण्ड बस्नुभएको हो । कान्तिपुर डेन्टल हस्पिटल, गोपीकृष्ण मुभिज,खाद्य संस्थान,सिग्नेचर अपार्टमेन्ट,सिध्दार्थ बनस्थली स्कूल,रञ्जना ट्रेड,बरुण बेभरेज,अजय सुमार्गी,शिशु अर्यालकै नाममा रहेको अल इन मार्ट,रिध्दिसिद्धि डेभलपर्स,सिटी सेन्टर,मैतिदेवी प्लाजा,चेम्बर भवन,वैशाली होटल,होटल मर्स्याङदी,होटल प्लाटिनम,होटल ग्याङजोङ,केएल टावर,कम्प्युटर बजार,पिपुल्स प्लाजा,बैशाली होटल,सिग्नेचर अपार्टमेन्ट,मुस्ताङ्गे राजा झिग्मे सिङमे पर्वल बिष्टलगायतले समेत कर नतिरेको महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाले घरजग्गा वा सम्पत्ति कर बुझाउन उनीहरुलाई ३० दिनको समयसीमा दिएको छ ।

महानगरपालिकाले आजै एक सूचना प्रकाशित गर्दै,विगत समयदेखि सम्बन्धित वडा कार्यालयबाट पटकपटक पत्राचार गर्दासमेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको हुँदा यस सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरणसहित बुझाउन र बाँकी कर दाखिला गर्न भनेको छ ।

राज्यलाई कर तिर्न आनाकानी गर्नेमा शिशु अर्याल (अजय सुमार्गीको सासू) पनि हुन् । उनकै लाजिम्पाटस्थित घरमा पहिला प्रचण्ड बस्नुभएको हो ।

टिप्पणीहरू