संक्रमणका बिरामीले भरिन थाले काठमाण्डौंका अस्पताल,आज सात अस्पतालमा छैनन् बिरामी

संक्रमणका बिरामीले भरिन थाले काठमाण्डौंका अस्पताल,आज सात अस्पतालमा छैनन् बिरामी

कोरोना महामारीको संक्रमण बढिरहेका बेला केही समय शून्य संख्यामा बिरामी रहेको बताउने काठमाण्डौंका अस्पतालहरु फेरि भरिन थालेका छन् । आज प्राप्त तथ्याङ्कका आधारमा काठमाण्डौं जिल्लाका सात अस्पताल तथा आइसोलेशन सेन्टरमा कोरोनाका बिरामी नरहेको पाइएको छ । यसअघि एघार अस्पताल कोरोनाका बिरामी मुक्त थिए ।

आज यति अस्पताल,ज्योती अस्पताल,बुद्ध माई अस्पताल, कीर्तिपुरको जेष्ठ नागरिक भवनमा रहेको आइसोलेशन सेन्टर , कीर्तिपुर नयाँ बजार कभर्डहलमा रहेको आइसोलेशन सेन्टर, दक्षिणकाली नगरपालिका अन्तर्गत मनमोहन स्मृति सामुदायिक अस्पताल,नागार्जुन नगरपालिकाको इचङ्गुस्थित शहरी विकासको माथिलो भवनमा रहेको आइसोलेशन सेन्टरमा कोरोनाका बिरामी नभएको बताइएको छ ।

त्यस्तै,कीर्तिपुर मोडर्न अस्पतालमा १,आयुर्वेदिक अस्पतालमा १ सय २९,बयोधा अस्पतालमा २, राजधानी अस्पतालमा १, नेशनल अस्पतालमा ५, सहिद मेमोरियल अस्पतालमा २, मनमोहन मेमोरियल अस्पतालमा ९, ब्लु क्रस अस्पतालमा २, शुक्रराज ट्रपिकल अस्पतालमा ७१,वीरेन्द्र सैनिक अस्पतालमा १ सय १५, चाल्नाखेल स्वस्थ्यचौकीमा ४ तथा काठमाडौ महानगरपालिका वडा नं १५ ले तयार पारेको आइसोलेशनमा ५ जना संक्रमणका बिरामी रहेका छन् ।

त्यसैगरी,आज वीरेन्द्र सैनिक अस्पताल छाउनीमा २ तथा शुक्रराज ट्रपिकल अस्पताल टेकुमा १ जना गरी ३ जनाले ज्यान गुमाएको श्रोतले जनाएको छ ।

टिप्पणीहरू