सडक पिच नभएको भन्दै स्थानीयको धर्ना

सडक पिच नभएको भन्दै स्थानीयको धर्ना

ललितपुरको महालक्ष्मी नगरपालिका -५ स्थित थटिकोट-टिकाथली सडक पिच नभएको भन्दै स्थानीयले धर्ना शुरु गरेका छन् । आज नगरपालिकाको कार्यालयमा स्थानीयले सडक पिच गर्न दवाव दिँदै धर्ना दिएका हुन् ।

सडक पिच नहुँदा आवत जावतमा कठिनाई भएको बताउँदै उपस्थितहरुले ठेकेदारको लाइसेन्स खारेज गर,बाटो छिटो बनाऊ, लगायतका नारा लेखेका प्लेकार्ड समेत बोकेका छन् ।

टिप्पणीहरू