इचंगुको नारायण मन्दिरबाट मूर्ति गायब

इचंगुको नारायण मन्दिरबाट मूर्ति गायब

काठमाण्डौंको नागार्जुन नगरपालिका ३ इचंगुस्थित नारायण मन्दिरबाट चार थान मूर्ति चोरी भएको छ । हिजो मन्दिरको झ्याल फुटाई राधाकृष्णको चार थान मूर्ति चोरी भएको बताइएको छ ।

मन्दिरको झ्याल फुटेको देखेपछि चोरी भएको भन्दै स्थानीयले आज बिहान महानगरीय प्रहरी बृत्त स्वयम्भूमा जानकारी गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महानगरीय प्रहरी वृत्त स्वयम्भूले उक्त घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू