सिडियोहरुको सर्कुलर,कडा लकडाउन लाग्न सक्ने

सिडियोहरुको सर्कुलर,कडा लकडाउन लाग्न सक्ने

कोरोना महामारीका कारण गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप कडाइका साथ लैजान प्रमुख जिल्ला अधिकारीहरुले निर्देशन दिएका छन् ।

आज बैठक बसेर उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउँदै प्रजिअहरुले पहिले भन्दा थप कडाइ गर्ने र महामारी बढ्दै गएमा लकडाउनसमेत गर्न सकिने बताएका छन् ।आज जनआस्थासँग कुराकानी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सभा,सम्मेलन,धर्ना,जुलुस,गोष्ठी, र्याली,पूजा पाठ,हेल्थ क्लब,पार्टी,भोजभतेरजस्ता गतिविधि बन्द गर्ने,स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने, अनुगमनलाई कडाइका साथ लैजाने बताउनुभएको हो ।

उहाँले बैठकमा कोरोना महामारी बढ्दै गएमा लकडाउन गर्नेसम्मको सिफारिस गरिएको बताउनुभयो ।

टिप्पणीहरू