रोकिएको तलब तिरेर नाइस हुन नाइस मिडिया हाउस तयार

रोकिएको तलब तिरेर नाइस हुन नाइस मिडिया हाउस तयार

नाइस मिडिया र श्रमजीवी पत्रकार संघ नेपालकावीच तीन बुँदे सहमति भएको छ । हिजो नाइस मिडिया,श्रमिक र पत्रकारहरुको सहभागितामा भएको छलफलबाट सहमति जुटेको हो ।

नाइस मिडिया नेटवर्क प्रा.लि.बाट तलब नपाएर पीडित भएका ९ जना श्रमजीवी पत्रकारमध्ये ४ जनाले १६ गते तलब पाएको र अन्यले साउनको २५ गते सबै भुक्तानी पाउने बताइएको छ । सहमति पत्र सार्वजनिक गर्दै राजिनामा दिइसकेका पत्रकारको भुक्तानी भएपश्चात थप कार्यक्रम नल्याउने र हाल कार्यरत श्रमजीवी पत्रकारहरुको पारिश्रमिक दिदैँ जाने सहमति भएको उल्लेख गरिएको छ ।

छलफलमा नाइस मिडियाका तर्फबाट अध्यक्ष आर्शिवाद पुन तथा श्रमजीवी पत्रकार संघ नेपालका तर्फबाट चन्द्र धामी,केदार चापागाइँ,सुनिता मालाकार र मेखबहादुर दर्लामीको सहभागिता थियो ।

टिप्पणीहरू