अनागरिकहरुले अब आवाज बुलन्द पार्ने

अनागरिकहरुले अब आवाज बुलन्द पार्ने

मुलुकभरका अनागरिक भएका नागरिकताविहीन नेपालीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आज ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले हालसम्म नागरिकता नपाएपछि साउन २० गते माइतीघर मण्डलादेखि नयाँ बानेश्वरस्थित संसद भवन अगाडिसम्म जुलुस निकालेर धर्नामा बस्ने जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुका अनुसार नेपालको संविधान २०७२ को भाग २ अनुसार पछिल्लो ६ वर्षदेखि नागरिकता ऐन संशोधन नभएको कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नागरिकताविहीन नेपालीहरुको जीवन निकै असहज हुँदै आएको छ ।

यस्तै उनीहरुले प्रशासनलाई आवश्यक समन्वय गरिदिन आग्रह गर्दै नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ यथाशक्य छिटो कार्यान्वयन हुनुपर्ने, विगतमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ती पाउनुपर्ने जस्ता माग समेत राखेका छन् ।

टिप्पणीहरू