एमसीसीमा हस्ताक्षर गर्नेको औँला काटिने

एमसीसीमा हस्ताक्षर गर्नेको औँला काटिने

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

घटनाको विरोधमा आज शान्ति बाटिकामा आयोजित कोणसभामा बोल्दै सो पार्टीका सचिवालय सदस्य सन्तोष बुढा मगरले धामीलाई शहीद घोषणा गर्न माग गरेका हुन् । भारतीय सुरक्षाकर्मीले तुईन काटेर योजनावध्द रुपमा धामीको हत्या गरेको भन्दै उनले दोषीलाई कारवाही गर्न सरकारसँग माग पनि गरे ।

बुढाले एमसीसीको पक्षमा हस्ताक्षर गर्ने सांसदको औंला काट्ने चेतावनी पनि दिएका छन् । संसदबाट एमसीसी अनुमोदन गर्ने तयारी भैरहेको भन्दै उनले एमसीसी पास गर्न हस्ताक्षर गर्नेको औला काटिदिने चेतावनी दिएका हुन् ।

संसदीय व्यवस्था असफल भैसकेको भन्दै उनले मुलुकमा देखिएका अहिलेका समस्या समाधान गर्न जनमत संग्रहमा जानुपर्नेमा जोड दिए । सो क्रममा उनले अघिल्लो सरकारले आफूहरुसँग गरेको तीन बुँदे सहमति पालना गर्दै थुनामा रहेका पार्टीका कार्यकर्ता रिहाइ गर्न सरकारलाई आग्रह पनि गरे ।

टिप्पणीहरू