समस्या एक थान सफा संकल्पको

सरकारले गर्नुपर्ने कामको खाँचो छैन तर खै किन हो कुन्नि नचाहिँदा लफडामा अल्झिरहेको छ । भूकम्पपीडित अब छिट्टै वर्षात शुरु हुन्छ भनेर आत्तिन थालिसके तर त्यसको पनि खासै चिन्ता भएजस्तो देखिँदैन । संविधान जारी भएपछि अब चुनाव हुन्छ र विकासको लहर अगाडि बढ्छ भन्ने जुन विश्वास थियो त्यो सर्वसाधारणको मानसपटलबाट प्रतिदिन फिका बन्दै गएको छ । एउटा अन्योलपूर्ण भविष्यतर्फ मुलुकको राजनीति अगाडि बढ्दै छ । आर्थिक रूपमा देश झन्भन्दा झन् कमजोर बन्दै गएको छ । अरू त अरू खर्च गर्न भनेर छुट्याएको रकम एक तिहाइ उब्रिने अवस्था छ । कर्मचारीतन्त्र कति निष्क्रिय छ भन्ने कुराको योभन्दा अर्को उत्तम उदाहरण केही हुन सक्दैन ।

विडम्बना कस्तो छ भने नेपालजस्तो विकासका हरक्षेत्रमा पछाडि रहेको देशमा विकास बजेट खर्च हुँदैन । यो कस्तो नियति भोग्न बाध्य छौं, हामी ? सडक छैन तर सडक निर्माणका लागि विनियोजित बजेट खर्च हुँदैन । एउटा सिटामोल अभावमा सयौं नेपालीले ज्यान गुमाइरहनुपरेको छ तर स्वास्थ्य मन्त्रालयका लागि छुट्याइएको रकम फ्रिज हुन्छ । साधु सुली चढ्न बाध्य हुने अनि चोरले पुरस्कार पाउने सामाजिक संरचना छ । भ्रष्टका अगाडि–पछाडि जयजयकार लगाउनेको ताँती छ तर सदाचारको वकालत गर्नेहरूलाई गुमनाम हुन बाध्य पारिन्छ । यी सबै खालका समस्याको निकास सरकारले नै दिनुपर्ने हो तर धन्दा बेग्लै छ । राजनीतिक आन्दोलन गरौं भन्ने हो भने विश्वकै उत्कृष्ट भन्न मिल्ने गरी संविधान जारी भएको छ । सामाजिक, राजनीतिक, आर्थिक अधिकारको कुरा गरौं व्यावहारिक रूपमा हामी मध्ययुगमै रहेको भान हुन्छ ।
अहिलेको सरकारको गठन प्रक्रिया, सत्ता गठबन्धनका दलको मनस्थिति र ऐतिहासिक पृष्ठभूमि आदि सबैलाई विश्लेषण गर्ने हो भने केही प्रगतिशील र जनउत्तरदायी निर्णयको अपेक्षा गर्नु नै गलत सावित हुने देखिन्छ ।

त्यो दलले सरकारको नेतृत्व सम्हालेको छ जो कहिल्यै सैद्धान्तिक रूपमा स्थिर हुन सकेन । सधैं लाभ–हानिका चाउपेच र दलगत स्वार्थ मात्र सोच्ने काम भएको छ । अर्को महŒवपूर्ण र निर्णायक दल नेपाली कांग्रेस चलायमान र गतिशील हुन सकेन । यथास्थितिवादलाई नै आफ्नो प्रमुख विशेषता बनाएको दलले प्रगतितर्फ मुलुकलाई डो¥याउने विश्वास गर्नु नै गलत हुन्छ । तैपनि, आश गर्नैपर्छ, अपेक्षा राख्नैपर्छ । सरकार छ यो देशमा भन्ने कुराको प्रत्याभूति गर्न सबै नेपालीले पाउन् । र, प्रचण्डले म प्रधानमन्त्री बन्दा चुनाव गराउँछु भनेर प्रतिबद्धता जनाएको कुरा नबिर्सिउन् । अस्तु !

टिप्पणीहरू