खोप प्रमाणपत्रमा अनियमितता नगर्न सरकारको उर्दी

खोप प्रमाणपत्रमा अनियमितता नगर्न सरकारको उर्दी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले खोप प्रमाणपत्रमा अनियमितता नगर्न पत्र जारी गरेको छ । आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र,निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई पत्र लेख्दै खोप प्रमाणपत्रमा अनियमितता नगर्न भनिएको हो ।

कोभिड खोपको प्रमाणपत्र सरकारले निशुल्क गरेपनि केही अस्पतालले वैदेशिक रोजगारी एवम् अन्य सिलसिलामा अन्तर्राष्ट्रिय यात्रामा जाने नागरिकसङ्ग खोप प्रमाणीकरणको पत्रवापत शुल्क असुलेको गुनासो आएको बताउँदै प्रमाणपत्रमा अनियमितता नगर्न भनेको हो । वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाद्वारा जारी पत्रमा खोप प्रमाणपत्र निशुल्क वितरण गर्न निर्देशनसमेत गरिएको छ ।

टिप्पणीहरू