पेरुङगोमा बसेर तास खेल्ने ६ जना पक्राउ

पेरुङगोमा बसेर तास खेल्ने ६ जना पक्राउ

झापामा तास खेलिरहेको अवस्थामा ६ जना समातिएका छन् । प्रहरीले दमक नगरपालिका–५ का ३२ वर्षीय पदम लिम्बुको सोही नगरपालिका–८ स्थित पेरुङगो होटेलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई समातेको हो ।

होटेलमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले नगद १ लाख ६० हजार रुपैयाँ र ३ बुक ताससहित ६ जनालाई पक्राउ गरेको हो ।

टिप्पणीहरू