भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा प्रदर्शन « Jana Aastha News Online
Logo
७ माघ २०७८, शुक्रबार
|  Fri Jan 21 2022

भारतीय सुरक्षा फौजको ज्यादती विरुध्द शान्ति बाटिकामा प्रदर्शन

प्रकाशित मिति :  १६ श्रावण २०७८, शनिबार १८:०१


महाकाली नदी तरेर भारत जानेक्रममा तुइनबाट खसेर दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलन शुरु गरेको छ । घटनाको विरोधमा आज काठमाडौँको शान्ति बाटिकामा विप्लवका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘भारतीय साम्राज्यवाद मूर्दावाद !’, ‘सिमानामा भारतीय ज्यादती बन्द गर !’, ‘लिपुलेक-कालापानी हाम्रै हो’, ‘नेपाल र नेपालीमाथिको हत्या हिंसा बन्द गर’, जस्ता नारावाजी गरेका छन् ।

धामी हिजो तुइनबाट भारत प्रवेश गर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी चुडाएका कारण उनी नदीमा खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

उक्त घटनाको विरोधमा विभिन्न राजनीतिक दल र उनीहरु सम्बद्ध भातृ संगठनहरुले आज देशव्यापी आन्दोलन गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !