कोरोनाबाट २४ घण्टामा २३ को निधन

कोरोनाबाट २४ घण्टामा २३ को निधन

कोरोना संक्रमणबाट गत २४ घण्टामा २३ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ जनाको मृत्यु पुष्टि गरेको हो ।

सोही अवधिमा ३ हजार १सय ६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ पीसीआर तथा ४ हजार २ सय ५६ जनामा एन्टिजेन गरी १३ हजार ५ सय १९ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ३१ हजार ३ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू