महाधिवेशनको सुनिश्चितता खोज्दै काँग्रेस कार्यकर्ता

महाधिवेशनको सुनिश्चितता खोज्दै काँग्रेस कार्यकर्ता

नेपाली काँग्रेसमा तोकिएकै मितिमा महाधिवेशन गर्न नेतृत्वलाई कार्यकर्ता पंक्तिबाट दबाब बढ्न थालेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन बिथोलिने आशंका बढिरहेका बेला कांग्रेस कार्यकर्ताले महाधिवेशनको सुनिश्चितता खोज्न थालेका हुन् ।

काँग्रेस सिन्धुपाल्चोकले आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरी तोकिएकै मितिमा महाधिवेशन गर्न खबरदारी गरेको छ । चाबहिलस्थित स्मार्ट प्यालेसमा ‘महाधिवेशनको सुनिश्चित र भावी नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा काँग्रेस केन्द्रीय सदस्य तथा सभापतिका दावेदार डा. शेखर कोइराला,केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडु, बिष्णुबिक्रम थापा,निमा लामा र सिन्धुपाल्चोक पार्टी सभापति विकास तमाङ लामालगायतका नेता सहभागी रहेको आयोजकले बताएको छ ।

टिप्पणीहरू